ad ad

कारोबार


आईएमईले ल्यायो ‘७ मा ७’ अफर

आईएमईले ल्यायो ‘७ मा ७’ अफर

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:१३, काठमाडौँ

आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मूलनारासाथ नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ।

उक्त योजना २०८० वैशाख १ देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीको भनाइ छ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरुमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी यो योजनामा सहभागी हुन सक्नेछन्।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .