ad ad

कारोबार


आईएमईले १० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने

आईएमईले १० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १८:१७, काठमाडौँ

आईएमई  लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी  सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आईएमईले आफ्नो १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको हो।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ। रेमिट्यान्स व्यवसायहरूमध्ये सबैभन्दा बढी कर तिरेको आधारमा पटक  पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .