ad ad

कारोबार


सनराइज बैंकले विस्तार गर्‍यो २ शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले विस्तार गर्‍यो २ शाखारहित बैंकिङ सेवा

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:१५, काठमाडौँ

सनराइज बैंक लिमिटेडले दुईवटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। 

बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले यही वैशाख १५ गते प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१औँ र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको थियो। 

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरिएको छ। 

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, १६२ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .