ad ad

कारोबार


एनसेलको सामाजिक पहल : एक प्रदेशमा २ आयोजना, प्रत्येकलाई १० लाख

१८ का लागि १८ विकास कार्यका लागि ७ प्रदेशबाट पायो १६५ बढी प्रस्ताव
एनसेलको सामाजिक पहल : एक प्रदेशमा २ आयोजना, प्रत्येकलाई १० लाख

नेपालखबर
फागुन १०, २०८० बिहिबार १७:१५, काठमाडौँ

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात् १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ। 

कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा समुदायस्तरमा लागू हुने गरी यो कार्यक्रम सञ्चालन गरेको हो।

हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याङ्कन गरिरेहको जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो। 

एनसेलका अनुसार देशैभरबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन्। लागू हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ। 

तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रतिकार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ। यस सामाजिक पहलअन्तर्गत कुल १८ आयोजनाहरु छानिनेछन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागू गरिनेछन् । बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिनेछन्। 
   

दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। 

एनसेलले सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउँदै आएको छ। आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९÷८० सम्ममा कम्पनीले कर तथा गैरकरहरु गरी ३ खर्बभन्दा बढी राजस्व सरकारलाई तिरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .