सुदूरपश्चिम


बैतडीमा मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, ५ घाइते

बैतडीमा मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, ५ घाइते

नेपालखबर
फागुन १०, २०८० बिहिबार १७:२१, कञ्चनपुर

बैतडीमा मलामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो बैतडीको डिलाशैनी गाउँपालिका–१ घारडामा सुपप्र ०१००१ च ३१४६ नम्बरको मलामी बोकेको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–१ धावलाका ५० वर्षीय गोपाल बोहरा छन्। सडकमा एक्कासी पल्टिएको जिपमा च्यापिएर बोहराको घटनास्थलमै मृत्यु भएको हो।

घाटबाट चालकसहित १३ जना मलामी बोकेर गाउँ फर्किरहेको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ५ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा छन्।

तीमध्ये रतनको कम्मरमा चोट लागेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ।

जिप चालक डिलाशैनी गाउँपालिका–६ का धनबहादुर कठायत दुर्घटनापछि फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .