ad ad

कारोबार


विश्व बजारमा ११ वर्षदेखि प्रभुत्व जमाइरहेको एलजीको ओलेड टिभी

विश्व बजारमा ११ वर्षदेखि प्रभुत्व जमाइरहेको एलजीको ओलेड टिभी

नेपालखबर
फागुन २०, २०८० आइतबार १६:४६, काठमाडौँ

एलजीले विश्व टिभी बजारमा एकल पकड राख्न सफल भएको छ। कम्पनीले ११ वर्षसम्म ओलेड टिभी बजारमा लगातार आफ्नो पकड राख्न सफल भएको हो। 

बजार अनुसन्धान कम्पनी ओएमडीआईएका अनुसार एलजीले गत वर्ष विश्व ओलेड बजारमा ३ मिलियन ओलेड टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ। 

कम्पनीले भनेको छ, ‘शिपमेन्टका आधारमा विश्व ओलेड टिभी बजारमा ५३ प्रतिशतको प्रभावशाली सेयर हासिल गरी एलजीले आफ्नो प्रमुख स्थानलाई कडा मिहिनेतद्वारा निर्विवादित रूपमा धारण गरेको छ।’   

प्रिमियम अल्ट्रा-लार्ज टेलिभिजनको माग बढ्दै गइरहेकोले एलजीले आफ्ना ओलेड टेलिभिजन लाइनअपलाई व्यापक रेञ्जका वायरलेस ओलेड टेलिभिजन मोडेलहरूसहित विस्तार गरिरहेको पनि कम्पनीले उल्लेख गरेको छ। जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत एआई प्रोसेसरहरू, ए (अल्फा) ११ एआई प्रोसेसर पनि समाविष्ट रहनेछन्। एलजीको नवीनतम ओलेड टेलिभिजनहरूले वेबओएस स्मार्ट टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह-मनोरञ्जन अनुभव प्रदान गर्नेछ।

ग्लोबल टीभी बजारको शिपमेन्ट पछील्लो वर्ष कुलमा २०१ मिलियनभन्दा बढी थियो, जुन पूर्व वर्षको तुलनामा थोरै कम हो । एलसीडी टीभीको शिपमेन्ट पछील्लो दुई वर्ष लगातार २०० मिलियन युनिट भन्दा कम रहेको थियो, जबकि ओएलइडी टीभीको शिपमेन्ट एलजी सहित ५.६ मिलियन पुगेको छ।

एलजीले नेपालमा पनि बिगत ३५ वर्ष देखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि एआई सम्मिलित उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ। नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .