ad ad

कारोबार


आईएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

आईएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

नेपालखबर
चैत १४, २०८० बुधबार १६:२६, काठमाडौँ

आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

फागुन १० गतेबाट  सुरु भएको सो अफर  दुई महिनासम्म रहनेछ। अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले  मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनससम्म पाउन सकिनेछ। 

मनि ग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत  पठाइएको रकम  आइएमई पे मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिनेछ। 

आइएमई पेमार्फत  संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .