ad ad

कारोबार


नेपाल-कोरिया क्रस-बोर्डर क्यूआर भुक्तानी सुरु हुँदै, फोनपे र जीएलएनबीच समझदारी

नेपाल-कोरिया क्रस-बोर्डर क्यूआर भुक्तानी सुरु हुँदै, फोनपे र जीएलएनबीच समझदारी

नेपालखबर
चैत १४, २०८० बुधबार १६:५५, काठमाडौँ

भुक्तानी सञ्चालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी जीएलएन इन्टरनेशनलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेबारे दुई कम्पनीबीच समझदारी भएको हो। 

दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने लेखिएको छ। 

फोनपे  र जीएलएनको सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन्। कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना १क्यू, केबी वालेट, आईएमब्यान्क, टस, हाना मनी र जीएलएन एप जस्ता बैंकिङ एप्समार्फत फोनपेका १३ लाख स्टोरहरूमा रियलटाइम पेमेन्ट क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन्।

जीएलएनका सीईओ क्युङ्घो किमले विश्वभर क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप जीएलएन र फोनपेसँग समझदारी गरेको बताए। 

उनले भने, ‘यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, त्यसै परस्पर सीमाहरूबीच इन्नोभेटिभ पेमेन्ट सलुसन प्रदान गर्ने हाम्रो मिसनलाई पनि लाई सार्थक तुलाएको छ।’

फोनपेका सीईओ दिवस कुमारले पनि जीएलएनसँग सहकार्य गरेर कम्पनीको सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित रहेको बताए। 

हाल अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएकामा उनले खुसी व्यक्त गरे। 

‘यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समाबेसिता बढाउन तथा नेपाललाई  एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउनेछ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .