कारोबार


चौधरी फाउन्डेसनको इलेक्ट्रिकल उपकरण मर्मत तालिम

चौधरी फाउन्डेसनको इलेक्ट्रिकल उपकरण मर्मत तालिम

नेपालखबर
जेठ २३, २०८१ बुधबार १३:१६, काठमाडौँ

चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ।

मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्धनिर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे।

यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमूलक सीप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको  छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सफलतापूर्वक समापन भएको छ भने चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ।

यसैबीच, चौधरी फाउन्डेसनले तीनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ। यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ।

यी सबै तालिमको मुख्य उद्देश्यलक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेखसम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए। 

‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सीप विकासमा सहयोग गरिरहेका छौँ, ता कि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न सकून् र राम्रो आम्दानी आर्जन गर्न सकून्’, उनले भने। 

विश्वकै प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिम मार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी गु्रपको कर्तव्य समेत रहेको चौधरीले बताए। 

चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्ससँग ४० वर्षभन्दा बढीको व्यावसायिक सम्बन्ध रहेको छ।

समारोहमा बोल्दै चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउदा उत्साहित भएको बताए। 

‘यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै केहि गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ’, गिरीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad