एनएमबी बैंकले कतार एयरवेजसँग साझेदारी गरी ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ।
एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाइ भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन्।
छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा ग्राहकले अनलाइन प्रमोशनल कोड क्यूआरएनएमबी२४ प्रयोग गर्नुपर्नेछ।
यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन्।
साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन्।
207
Shares

प्रतिक्रिया