डिजिटल वालेट आइएमई पेले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरुको लागि ‘५ मा १००- इन-ड्राइभको पूरै कमिसन फिर्ता’ नामक नयाँ योजना ल्याएको छ।
यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरुमार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूबारे सचेतना जगाउन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
मङ्सिर ९ देखि फागुन ९ सम्म ३ महिनाको लागि चल्ने योजनामा आईएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरुले आईएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफूले इन-ड्राइभलाई तिर्नुपर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउना सक्नेछन्।
साथै तोकिएको कारोबार वा भुक्तानीहरु गरेबापत सय रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका छ। चालकहरुले योजनाअन्तर्गतको कमिसन प्राप्त गर्न यी ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ-
- नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (रु. ७५ सम्म बोनस)
Shares

प्रतिक्रिया