कारोबार


लुम्बिनी केबलकार र पश्चिमका बस व्यवसायीबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

लुम्बिनी केबलकार र पश्चिमका बस व्यवसायीबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

नेपालखबर
माघ ३०, २०८१ बुधबार १४:३१, काठमाडौँ

लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ। 

सम्झौताबमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपालभर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन्।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई ३ महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन्।

सम्झौतापत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको  पाल्पाको वसन्तपुरमा टप स्टेसन छ। केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर छ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालको पुरानो व्यावसायिक संस्था हो। यसमामा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad