कारोबार


सीजी इलेक्ट्रोनिक्सले नेपालमा ल्यायो भारतीय एयरकुलर ब्रान्ड बर्ली

सीजी इलेक्ट्रोनिक्सले नेपालमा ल्यायो भारतीय एयरकुलर ब्रान्ड बर्ली

नेपालखबर
चैत ४, २०८१ सोमबार १६:२१, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सले नयाँ ब्रान्ड बर्ली भित्र्याएको छ। भारतकै ठूलो एयर कुलर ब्रान्ड चौधरी ग्रुपले नेपालमा भित्र्याएको हो। 

बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। मल्टी युटिलिटी प्रोडक्टको रूपमा रहेकोले सबै सिजनमा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ। 

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्धनिर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्धनिर्देशक चिराग शर्माले गरेका थिए। 

बर्ली होम एप्लायन्सका प्रबन्धनिर्देशक शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा आउने जानकारी दिए। 

बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ।

यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर‍्‍याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।

सीजी कर्प ग्लोबलका प्रबन्धनिर्देशक निर्वाण चौधरीले विश्वमा बढी बिक्री हुने बर्ली ब्रान्ड भित्र्याएको बताए। उनले जलवायु परिवर्तनसँगै नेपालमा हरेक वर्ष गर्मी बढिरहेको बताउँदै सहरदेखि गाउँसम्म बर्लीको प्रयोग गर्न मिल्ने उल्लेख गरे।

नेपालमा सार्वजनिक भएसँगै सीजी इलेक्ट्रोनिक्स बर्लीको ७२औँ डिलर बनेको छ। बर्ली सन् २०१८ मा भारतमा स्थापना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad