एनआईसी एसिया बैंकले पर्सास्थित वीरगन्ज महानगरपालिका १४ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालय भवन उद्घाटन गरिएको छ।
विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले उक्त भवन बनाइएको हो।
बैंकको सहयोगमा बनेको भवन यही १२ गते पुस्तकालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक विनोद मेहता, एनआईसी एसिया बैंक मधेश प्रदेश प्रमुख अमीत केसीलगायत सम्बन्धित विद्यालय तथा यस बैंकका अन्य प्रतिनिधिहरु सहभागी थिए।
उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै १५०० विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले जनाएको छ।
यसअघि बैंकले चितवनस्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपियामा अवस्थित पब्लिक सेकेन्डरी स्कुल, सिरहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, कैलालीस्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, झापास्थित बुद्धशान्ति गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय हस्तान्तरण भइसकेका छन्।
बैंकले उल्लिखित पुस्तकालय भवनहरु निर्माणका लागि कुल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो। उक्त पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच हुने र यसले उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने बैंकले विश्वास लिएको छ।
Shares

प्रतिक्रिया