कारोबार


एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरू, दोब्बर डेटादेखि साना प्याकसम्म

एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरू, दोब्बर डेटादेखि साना प्याकसम्म

नेपालखबर
चैत २१, २०८१ बिहिबार १५:५१, काठमाडौँ

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ।

यी अफरहरूअन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् ।

यी दुवै अफरहरू आज बिहीबार (चैत्र २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन्।

एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित रु. ३९९ बाट सुरु हुने सधैं अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् । उदाहरणका लागि, रु. ७९९ को मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरू ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्दछन्।

यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरूका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरू क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइन्छ।

हाल एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ को रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन रु. १,००० का दरले अधिकतम रु. १०,००० सम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।

अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ। यस अफरअन्तर्गत, रु. ५० मा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन्। त्यस्तै, रु. १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन्।

नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै संचालनमा ल्याईएका यी अफरहरूले ग्राहकहरूलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । एनसेल यस सिजन ३ मा टाइटल स्पोन्सरका रूपमा आवद्ध रहेको छ । ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिमलाई प्रतिबिम्बित गर्दै एनसेलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धताकासाथ देशमा खेलकुदको विकासमा योगदान पुर्याउने उदेश्य अनुरुप यो सहकार्य गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad