गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ।
नयाँ वर्ष २०८२ को अवसरमा गोदरेजले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहारसहित यो अभियान ल्याएको हो।
कम्पनीका अनुसार ग्राहकले यस अभियानबाट चेस्ट फ्रिजर्स र सिंगल डोर रेफ्रिजेरेटरहरुमा आकर्षक क्यासब्याक पाउनेछन्। त्यसैगरी डबल डोर रेफ्रिजेरेटरमा निःशुल्क फ्राइ प्यान वा कासेरोल, साइड बाई साइड रेफ्रिजेरेटरमा निःशुल्क मिक्सर ग्राइन्डर पाइनेछ।
यसैगरी कम्पनीले अभियानमार्फत वासिङ मेसिन (टप लोड र ट्विन टब)मा निःशुल्क एरियल म्याटिक डिटर्जेन्ट (४ केजी÷२ केजी), माइक्रोवेभ ओभनमा निःशुल्क कुकिङ किट, एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन, निःशुल्क डेलिभरी र इन्स्टलेसन र वासिङ मेसिन मोटरमा १० वर्षको वारेन्टी पाइने गोदरेजले जनाएको छ।
सुविधाजनक खरिदका लागि शून्य प्रतिशत ईएमआई (किस्ता) सुविधा, पुराना सामान साट्ने सीजीएक्स एलेक्स सुविधालगायत पनि दिइएको छ।
Shares

प्रतिक्रिया