कारोबार


नबिल बैंकको मोबाइल बैंकिङ एपबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १३:४१, काठमाडौँ

हाम्रो पात्रोको डिजिटल वालेटमा अब नबिल बैंकको मोबाइल बैंकिङ एपबाट रकम लोड गर्न सकिने भएको छ। 

‘हाम्रो पे’ वालेट र बैंकबीच यससम्बन्धी समझदारी भएको हो। 

योसँगै नबिल बैंकका ग्राहकहरुले एपबाट सिधै हाम्रो पे वालेटमा पैसा लोड गर्न पाउनेछन्। 

त्योसँगै ग्राहकले सो वालेटले दिँदै आएको पैसा फिर्ता योजना र अफरहरुको फाइदा लिन पाउनेछन्।

कम्पनीका अनुसार वालेटमा नबिल बैंक लिंक गर्ने सुविधा समेत थप्ने तयारी भइरहेको छ। त्योसँगै आफ्नो खाता लिंक गरी ग्राहकले सहजै रकम स्थानान्तरण र अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad