कारोबार


ग्लोबल आईएमई बैंक र यती एअरलाइन्सबीच सहकार्य

‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासब्याक
ग्लोबल आईएमई बैंक र यती एअरलाइन्सबीच सहकार्य

नेपालखबर
जेठ १२, २०८२ सोमबार १२:३०, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाइ यात्रा गर्दा विभिन्न सेवा सुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ।

काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका हुन्। 

ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याकस्वरूप निःशुल्क टिकट पाइनेछ। 

यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । 

ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।     

कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउनेछन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे। 

त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad