अब ई–सेवामार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ।
ई–सेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरेसँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको छ।
ई–सेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरि सेवा सञ्चालन गरेको छ। ई–सेवाले, देशभर रहेका २००० भन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो।
अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको ई–सेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ।
केवल केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ।
होटल बुकका लागि सुरुमा ई–सेवा एप खोली ‘होटल्स’मा ट्याप गर्नुपर्नेछ, त्यसपछि गन्तव्य र प्रस्थान मिति छान्नुपर्नेछ। त्योसँगै उपलब्ध रहेका होटलहरूबाट आफूलाई उपयुक्त होटल रोज्नुपर्नेछ, सबै विवरण भरेर बुकिङ कन्फर्म गर्न सकिने ई–सेवाले जनाएको छ। त्यसपछि ई–सेवा वालेटबाट सहजै भुक्तानी गर्नुपर्नेछ।
यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउने कम्पनीले जनाएको छ।
यो सेवाबाट सस्तो होटलदेखि सुविधासम्पन्न तारे होटलसम्म, आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिनेछ। अब होटल बुक गर्नका लागि अलग–अलग वेबसाइट वा एजेन्सी खोज्नुपर्नेछैन।
एउटा एपमै सबै काम मिल्ने यो सुविधा, देशभरका प्रयोगकर्ताहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ।
Shares

प्रतिक्रिया