कारोबार


आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १५:४९, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र होटल ग्रुप आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।

ग्रुपअन्तर्गतका होटलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको हो।  

यससँगै यही जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा सो कार्डबाट भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाइनेछ। 

रुम महसुलमा छुट पस मेसिनमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ। 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।

यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad