एनएमबी बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङस्थित मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।
एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ्ग प्रमुख दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीका प्रबन्धनिर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षरपछि एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र कम्पनीका प्रबन्धनिर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरेका थिए। प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयसीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे।
प्रबन्धनिर्देशक सुब्बाले एनएमबी बैंकलाई धन्यवाद दिँदै माथिल्लो मैवा खोला जलविद्युत् आयोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनाहरुमा लगानी गरिसकेको छ। नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ।
Shares

प्रतिक्रिया