राजनीति


गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए

गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए

नेपालखबर
असार ३, २०८२ मंगलबार १२:४३, काठमाडौँ

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। नगरप्रमुख डा दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको छ। 

आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि उनीहरूबीच विवाद बढेको हो।  

अहिले उनी कार्यालयको गेटमै रोकिएको र नगर प्रहरीले गेटको ताला नखोलेको भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा उपप्रमुखले नगरप्रहरीलाई भनेकी छन्,किन लुकेर बसेको यता आऊ न आऊ।' 

उनले भिडिओमा आफ्नो कार्यकक्ष पनि तोडफोड भएको सूचना पाएको सुनाएकी छन्।   

उनका अनुसार आज कार्यपालिका बैठक पनि डाकिएको छ। 'कार्यपालिका १० बजे राखिएको थियो। सधैँ ढिला सुरु हुने भएकोले आज केही ढिला आएको म पनि कार्यव्यस्तताले पनि' उनले भनेकी छन्।  

नगरप्रमुख महतोसँग भने टेलिफोन सम्पर्क हुन सकेन।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad