राजनीति


बालेन सरकारका मन्त्रीलाई १३ जनासम्म सल्लाहकार र स्वकीय

बालेन सरकारका मन्त्रीलाई १३ जनासम्म सल्लाहकार र स्वकीय

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १९:६, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा १३ जनासम्म राख्न पाउनेगरी दरदन्दी स्कीकृत गराएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जनालाई नियुक्ति दिलाएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि १३ जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिएका छन्। 

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री, मन्त्रीहरूका सचिवालय, सल्लाहकारको सूची र उनीहरूको सेवा र सुविधा माग गर्दै निवेदन दिएकी थिइन। जुन प्रश्नको प्रधानमन्त्री कार्यालयले शुक्रबार जवाफ दिएको हो। 

जसअनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पाँच जना सल्लाहकार नियुक्त गरिएका छन्। उनीहरूले सरकारको विशिष्ट श्रेणी सरहको सुविधा पाउनेछन्। 

त्यस्तै, बाँकी १४ मन्त्रीलाई तीन जना सल्लाहकार नियुक्त गर्न पाउने व्यवस्था गरेको बताएका छन्। प्रत्येक मन्त्रीको स्वकीय सचिवालयमा नौ जनाको दरबन्दी तोकिएको पनि प्रधामनन्त्रीको कार्यालयका सचिव पुष्कर सापकोटाले प्रमाणित गरेर दिएको जवाफमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad