कारोबार


एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच व्यावसायिक सहकार्य

एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच व्यावसायिक सहकार्य

नेपालखबर
साउन १, २०८२ बिहिबार ११:४१, काठमाडौँ

एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच व्यावसायिक सहकार्य भएको छ।

बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतासँगै अब बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा पाउनेछन्।

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोब्यांक) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्। 

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकको विश्वास छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad