नेपाल विद्युत् प्राधिकरणले काठमाडौंभित्रका ४ सबस्टेसनबाट हुने विद्युत् आपूर्ति १ घण्टा रोकिने जनाएको छ।
स्युचाटार, पाटन, के–३ (सिंहदरबार) र टेकु सबस्टेसनबाट हुने आपूर्ति अहिले ४ः३० देखि ५ः३० सम्म रोकिन सक्ने सूचना जारी गरेको हो।
स्युचाटार सबस्टेसनमा १३२ केभी बसबारमा आकस्मिक समस्या आएकाले मर्मत कार्यका लागि सटडाउन लिनुपर्ने प्राधिकरणको भनाइ छ। मर्मत सकिनासाथ विद्युत् सेवा पुनः सुरु हुने प्राधिकरणले जनाएको छ।
69
Shares

प्रतिक्रिया