राजनीति


लोकतन्त्र ‘अपहृत’ भएको छ, फर्काउनुपर्छ: ओली

लोकतन्त्र ‘अपहृत’ भएको छ, फर्काउनुपर्छ: ओली

नेपालखबर
साउन ७, २०८३ बिहिबार १६:३५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहृत’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताए। 

उनले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताए।

‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ। आज लोकतन्त्रको पुनस् सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ’, उनले भने ‘चुनावको आयोजन लोकतन्त्रको अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो अवस्थामा के का लागि गरियो यो महत्त्वपूर्ण छ। चुनावले मात्र लोकतन्त्र हुँदैन।’ 

उनले धेरै देशमा चुनाव हुने गरेको तर लोकतन्त्र नहुने गरेको भन्दै हाम्रो देशमा पनि भदौ २३ र २४ को जनधनको क्षति गराउने, मार्ने, मराउने खालका घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताए।

राणाशासन, पञ्चायत वा २०६२/०६३ सालमा समेत त्यस्तो आतङ्क र भयत्रासको क्रियाकलाप नभएको ओलीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad