नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २० गतेसम्म मनसुन फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।
लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो।
कम्पनीका अनुसार क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ।
कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्ने कम्पनीले जनाएको छ।
सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।
त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म र लेबर चार्जमा २० प्रतिशतसम्मको छुट तथा स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट पाउने कम्पनीले उल्लेख गरेको छ।
सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।
Shares

प्रतिक्रिया