कारोबार


कस्ता छन् नाइमा एक्स्पोमा सार्वजनिक भएका क्यारीका दुई ईभी?

कस्ता छन् नाइमा एक्स्पोमा सार्वजनिक भएका क्यारीका दुई ईभी?

नेपालखबर
साउन २२, २०८२ बिहिबार १८:८, काठमाडौँ

लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो।

यी भ्यान व्यावसायिक तथा शैक्षिक दुवै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ। भ्यानको मूल्य क्रमशः ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन् । साथै, व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ।

स्कुल भेरिएन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुबिधाहरु समावेश गरिएका छन्।

यस्ता छन् मुख्य विशेषता
यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ।

दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेड/पीक टर्क र ५०/८० किलोवाटको रेटेड/पीक पावर उत्पादन गर्दछ।

क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ। अगाडि डिस्क र पछाडी ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टि फिचर पाउन सकिन्छ।

एलएक्सजी मोटर्सका सेल्स एन्ड आफ्टर सेल्स सपोर्ट हेड सञ्जय खड्काले दिगो यातायातप्रति समूहको प्रतिबद्धतामा जोड दिए। 

उनले भने, ‘क्यारी ईभीको सुरुवातले हरित नेपालको लागि हाम्रो दूरदृष्टिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यी गाडीहरूले परम्परागत इन्धनमा आधारित भ्यानहरूको तुलनामा भरपर्दो, लागत–प्रभावी र वातावरणमैत्री विकल्प प्रदान गर्नेछन्। चाहे व्यावसायिक सञ्चालन होस् वा सुरक्षित स्कुल यातायात, यी गाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी ढुक्क छौँ।’

क्यारी ईभी भ्यानका बारेमा थप जानकारी लिन नाइमा मोबिलिटी एक्सपोको हल डी, स्टल डी–१२ मा आई अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ। 

एलएक्सजी मोटर्स प्रालि लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो। कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad