कारोबार


क्लासिक टेकको दसैँ अफर

२ वर्षको इन्टरनेट १ वर्षको मूल्यमा
क्लासिक टेकको दसैँ अफर

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १६:२८, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैं विशेष अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत ग्राहकहरूले ७० एमबीपीएस इन्टरनेट जडान गर्दा मात्र ४ सय ४३ रुपैयाँ प्रतिमहिनामा वाई फाई सिक्स राउटर पाउन सक्नेछन्। 

अब १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। वाइफाइ सिक्स राउटरको विशेषता र फाइदाहरुमा एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने कम्पनीले जनाएको छ।  

५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले घर वा अफिस दुवैका लागि उपयुक्त हुने, कम लेटेन्सी: गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने, डबल ब्याण्ड सुविधा (२.४ गिगाहर्ज र ५ गिगाहर्ज): स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको, ब्याट्री बचत सुविधा, मोबाइल, ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत कम गर्नेजस्ता सुविधा वाइफाइ सिक्समा रहेको कम्पनीले बताएको छ।  

यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ। जसमा १००, २०० र ३०० एमबीपीएससम्मका स्पिड अफरहरू समावेश छन्।

त्यसैगरी, इन्टरनेटसँगै आईपी टिभी सेवा पनि उपलब्ध छ। जहाँ मात्र २ सय ५० रुपैयाँ प्रतिमहिना स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad