डीटीएच सेवा प्रदायक डिशहोमले चर्चित रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारी गरेको छ।
सहकार्यअन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यकाका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने जनाएको छ।
त्यस्तै डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्। यसका लागि कम्पनीको भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मेनेजिङ डिरेक्टर आलोक योन्जोन र डिशहोमका डपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले एमओयूमा हस्ताक्षर गरे।
18
Shares

प्रतिक्रिया