कारोबार


२४ गते रातिदेखि दराजको ‘११.११ मेला’, ग्राहकलाई आकर्षक छुट र अफर

२४ गते रातिदेखि दराजको ‘११.११ मेला’, ग्राहकलाई आकर्षक छुट र अफर

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १३:२९, काठमाडौँ

ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर”को आयोजना गर्ने घोषणा गरेको छ। 

यही कात्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मंसिर ५ गते (नोभेम्बर २१) सम्म चल्ने दराजले जनाएको छ। करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरूमा छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्नेछन्।

यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको शृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ। अफरहरूमा ८५ प्रतिशतसम्म अफको फ्ल्यास सेल, ७५ प्रतिशतसम्म अफको मेगा डिल, ७० प्रतिशतसम्म अफको हट डिल र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट  हुनेछन्। 

ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११ / १११ / १,१११ / ११,१११ रुपैयाँ डिलहरू पनि पाउन सक्नेछन्।

साथै, असंख्य उत्पादनहरूमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभ पनि लिन सक्नुहुनेछ। डेलिभरी डिस्काउन्ट सुविधा ३९९ रुपैयाँमाथिका अर्डरमा तथा ६९९ रुपैयाँमाथिका अर्डरहरूमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ। 

मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ। यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ। यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनुहुनेछ। यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरू मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नुहुनेछ। विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ।

नोभेम्बर १०को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन्। साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ। साथै, उपभोक्ताहरूले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरूको मज्जा तथा लाभ उठाउन सक्नु हुनेछ। उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन्। त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनु हुनेछ। 

यस वर्षको मेगा डिलमा सेताफिल, ¥होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज  प्लेटिनम पार्टनरका रूपमा रहेका छन्। गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा  किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, ¥हाइना डर्मा रहेकाछन्।  प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरूले संयुक्तरुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरू उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ। 

अपग्रेडेड दराजमल
११.११ अघि नै दराजले आफ्नो दराजमललाई नयाँ परिस्कृत रूप र अनुभवसहित प्रस्तुत गरिसकेको छ। यस अन्तर्गत यहाँ प्रमाणित ब्रान्ड र आधिकारिक विक्रेताहरूबाट मात्र वस्तुहरू उपलब्ध गराइने तयारी रहेको छ। नयाँ दराजमलले ग्राहकहरूलाई तीन गुणा सम्मको क्याशब्याक ग्यारेन्टी (सर्तहरू लाागू) सहित प्रामाणिकता र विश्वासको नयाँ स्तर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।

छानिएका बैंकहरूमार्फत प्रिपेमेन्ट अफरहरू 
११.११ मार्फत उपभोक्ताहरूलाई थप रोमाञ्चकता प्रदान गर्ने सोचका साथ दराजले नेपालका सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रिपेमेन्ट छुटहरूको घोषणा गरेको छ। यस अन्तर्गत उपभोक्ताले अवधिभर निम्नानुसार लाभ उठाउन सक्नेछन्। 

घोषणाअनुसार क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ः २० प्रतिशत छुट (रु.२,००० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताका लागिः १५ प्रतिशत छुट (रु.१,५०० सम्म) पाइनेछ। 

यस अफरमा सहभागी बैंकहरूमा नविल बैंक, हिमालयन बैंक, माछापुच्छ«े बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र गरिमा बैंक रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad