कारोबार


आईएमई खल्ती लिमिटेडको सीईओमा प्रविण रेग्मी नियुक्त

आईएमई खल्ती लिमिटेडको सीईओमा प्रविण रेग्मी नियुक्त

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:३९, काठमाडौँ

आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर गत साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आईएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रेग्मीलाई नियुक्त गरेको छ।

आज बसेको सञ्चालक समितिको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागि आजदेखि लागू हुने गरी नियुक्त गरेको हो।

यसअघि आईएमई डिजिटल सोलुसन लिमिटेडको सीईओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपश्चात् आईएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रही रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए। 

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। 

बढ्दै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन्।

रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आईएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad