कारोबार


एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर काठमाडौंमा आयोजना

एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर काठमाडौंमा आयोजना

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १८:११, काठमाडौँ

भारतीय राजदूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा आज ‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर’  कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रमलाई २०८२ फागुन ७–८  गते नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि(समिटको रूपमा मान्यता दिइएको छ।

कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो  कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए ।

प्रि–समिट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारको एआई सम्बन्धी पहलहरु र यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरे। 

पूर्ण सत्रमा बोल्दै राजदूत नवीन श्रीवास्तवले भारतको एआई फर अलको दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गरे। राजदूत श्रीवास्तवले आगामी हुन लागेको एआई इम्प्याक्ट समिटको उद्देश्य एआई सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआईले हाम्रो जीवनका सबै पक्षहरूमा पार्ने ‘प्रभाव’ र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुनेमा जोड दिए। उनले नेपाली युवाहरूलाई एआई फर अल, एआई फर हर र युभी  लगायत विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहन दिए।

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी  अमिताभ नागले एआई फर अलको भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा मुख्य प्रस्तुति दिए। उनले विकासका लागि भाषिणीको प्रयोगका धेरै उदाहरणहरू प्रदर्शन गरे। अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका  निर्देशक अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराए।

एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलद्वारा सञ्चालित “लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ” विषयक एक विज्ञमण्डलको छलफल भएको थियो। यस विज्ञमण्डलमा सञ्चार सहसचिव आदेश खड्काले नेपालको लागि एआई नीति विकास गर्ने बारेमा आफ्नो दृष्टिकोण साझा गरे। रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई. विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलहरूको बारेमा विस्तृत रूपमा बताए।

वृद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फास्ट्रक्चर स्ट्याकको लागि एआई किन एक प्रमुख भाग हुन सक्छ भनेर व्याख्या गरे। अमिताभ नाग र अनिर्बान शर्माले पनि भारतको एआई क्षेत्रका अनुभवहरू साझा गर्दै छलफलमा सहभागिता जनाए।। 

एआई एसोसिएसन अफ नेपालका राम शर्मा भट्टराई र दर्शन पराजुलीद्वारा एआई उपकरण र वास्तुकला सम्बन्धी कार्यशाला गरे।  यस कार्यशालामा भारतमा भाषिणी एआईको प्रयोगका औद्योगिक केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो। नेपाल सरकारको सञ्चार सचिव राधिका अर्याल पनि विशेष अतिथिको रूपमा कार्यक्रममा उपस्थित थियो।

फेब्रुअरी २०२६ मा आयोजना हुने एआई इम्प्याक्ट समिटमा अन्य विषयका साथसाथै तीनवटा विश्वव्यापी चुनौतीहरू र एक अनुसन्धान गोष्ठी पनि समावेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad