कारोबार


सीजी एलेक्सको जाडोयाम र क्रिकेट सिजनलक्षित अफर

सीजी एलेक्सको जाडोयाम र क्रिकेट सिजनलक्षित अफर

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १२:१०, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी एलेक्सले जाडो याम र एनपीएल क्रिकेट सिजनलाई लक्षित गर्दै ईएमआई तथा एक्सचेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार, पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण ईएमआईमा खरिद गर्दा दैनिक रु. ४५ बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ।

अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन्। क्रिकेट सिजनलाई ध्यानमा राख्दै फोरके स्मार्ट टिभीसहितका विभिन्न मोडेलमा विशेष ईएमआई र एक्सचेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।

४३ इन्चभन्दा ठूला स्मार्ट टिभी खरिद गर्ने ग्राहकले २ हजार २०० मूल्य बराबरको नेट टिभी ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्नेछन्।

समावेश ब्रान्डहरूमा एलजी, सीजी इन्स्पाइरिङ, सीजी मेरिडिया, गोदरेज, टीसीएल, बर्ली, केन्ट आरओ, माइडिया, बेको, ब्ल्याक र डेकर, एलिका, सेन्सेई र क्रम्प्टन छन्।

कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार–अनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ।

ग्राहकहरूले सीजीएलेक्स डटकममा गएर आफ्नै पुरानो उपकरणको मूल्यांकन स्वरूपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ।

वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाइने भएकाले, निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ।

ईएमआई सुविधालाई एक कदम अझ सहज बनाइएको छ। सीजी एलेक्सले जगदम्बा हायर पर्चेससँगको टाई अपमार्फत “नागरिकता भए पुग्छ” सेवा उपलब्ध गराएको छ, जसअनुसार ईएमआई लिन ग्राहकलाई ग्यारेन्टरको आवश्यक पर्दैन—नागरिकता भए पुग्छ। ईएमआई स्वीकृति छिटो हुने र प्रक्रिया झनै सरल बनाएको कम्पनीको दाबी छ।

जाडोमा बढी प्रयोग हुने गिजर, हिटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि ईएमआई सुविधा लागू गरिएको छ। त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा ईएमआई तथा एक्सचेन्ज दुवै सुविधा उपलब्ध छन्।

देशभरका सीजी डिजिटल, एलजी ब्रान्ड शप शो–रुम, सीजी इलेक्ट्रोनिक्सका अधिकृत डिलर नेटवर्क तथा सीजीडिजिटल डटकम डटएनपीमार्फत यो अफर उपलब्ध हुनेछ। धेरैजसो मोडेलमा निःशुल्क डेलिभरी तथा निःशुल्क इन्स्टलेसन सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad