कारोबार


बर्ली होम एप्लायन्सेसले ल्यायो ६ नयाँ गिजर मोडल

बर्ली होम एप्लायन्सेसले ल्यायो ६ नयाँ गिजर मोडल

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १६:३४, काठमाडौँ

गत वर्ष नेपालमा १७ एयर कुलर मोडेल ल्याएको बर्ली होम अप्लायन्सेसले आफ्नो उत्पादन लाइनअप विस्तार गरेको छ।

एलिगेन्स र एलिसिया सिरिजका ६ नयाँ स्टोरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको छ। 

जर्मन प्रविधि, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा ल्याएको कम्पनीले जनाएको छ।

नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रिब्युटर सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

कम्पनीले नेपालमा एयर कुलरपछि गिजर श्रेणीमा प्रवेश गरेको उल्लेख गर्दै यी सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्ने दाबी गरेको छ। 

बर्ली गिजरले ग्राहकलाई वाटर ट्यांकमा ७ वर्ष, हिटिङ एलिमेन्टमा २ वर्ष र सम्पूर्ण प्रडक्टमा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad