राजनीति


सही व्यक्ति छनौट नहुँदा राजनीतिक परिवर्तन भएपनि देश बन्न सकेनः कुलमान घिसिङ

सही व्यक्ति छनौट नहुँदा राजनीतिक परिवर्तन भएपनि देश बन्न सकेनः कुलमान घिसिङ

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १६:३४, काठमाडौँ

ऊर्जामन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन भए पनि आर्थिक क्रान्तिमा नेपाल असफल भएको र सही व्यक्तिको छनौट नहुँदा देश बन्न नसकेको बताएका छन्। 

बुधबार उज्यालो नेपाल घोषणा कार्यक्रममा बोल्दै घिसिङले देश विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण भएको बताए।

२००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए।

उनले २००७ सालदेखि ७५ वर्षमा नेपालले ७५ गुणा आर्थिक वृद्धि गरेको तर भारत र चीनले क्रमशः १५० र ३५० गुणा वृद्धि गरेको उल्लेख गरे।

‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो। भारत र चीनमा पनि ठूला राजनीतिक परिवर्तन आए। ७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो। यहीँनेर हामी चुक्यौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad