हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काईलाइन’ (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट माइतीघरस्थित सेंट जेभियर्स कलेजको अगाडि विधिवत् उद्घाटन गरिएको छ।
विशेष लन्च इभेन्ट ४ डिसेम्बरदेखि ६ डिसेम्बर २०२५ (१८ मंसिरदेखि २० मंसिर २०८२) सम्म निरन्तर रूपमा सञ्चालन हुनेछ।
स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ, जहाँ ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
हुलास एल्युमिनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, र उत्कृष्ट टिगाउपन प्रदान गर्छन्। कम्पनीले स्काइलाइनलाई ‘भ्यालु फर मनी’ ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।
स्काइलाइनको उद्घाटनसँगै हुलास एल्युमिनियमले नेपालको लक्जरी एल्युमिनियम डोर–विन्डो बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया