सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबार आयोजना हुने भएको छ।
पुलचोकस्थित द प्लाजामा हुने ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’मा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिनेछ।
सन् २०१६ देखि लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको हो।
फिनालेमा सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्दै गर्ने उदेश्यले नेपालभित्र १६ विधा र एक अन्तरास्ट्रिय गरि १७ विधामा अवार्ड प्रदान गरिनेछ।
Shares

प्रतिक्रिया