कारोबार


एलजी नेपालको क्रिकेट र प्रविधि जोड्ने उपभोक्ता क्याम्पेन

एलजी नेपालको क्रिकेट र प्रविधि जोड्ने उपभोक्ता क्याम्पेन

नेपालखबर
पुस २, २०८२ बुधबार १८:१८, काठमाडौँ

एलजी नेपालले प्रविधि र प्रत्यक्ष अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्न आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको छ।

सीमित अवधिका लागि लागू हुने यस अफरअन्तर्गत, कुनै पनि एलजी प्रोडक्ट खरिद गर्ने ग्राहकले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउने ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित यात्रा जित्ने अवसर पाउनेछन्।  

यो क्याम्पेनले क्रिकेटप्रेमीहरुहरुको लागि साँच्चिकै महत्वपूर्ण यस क्षणलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ। एलजीले प्रोडक्टभन्दा पर गएर स्मरणीय अनुभव सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको जनाएको छ।   

क्याम्पेनअन्तर्गत छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुरसहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन्, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ। साथै, एलजी ग्राहकहरूका लागि पक्का उपहारहरू समेत सुनिश्चित गरिएको छ। जसमा वासिङ मेसिन खरिदमा तीन किलोग्राम निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट, साथै थप सब्सक्रिप्सन सुविधाहरू समावेश छन्।  

क्याम्पेनमा सहभागिता जनाउने प्रक्रिया एकदमै सरल र सहज रहेको छ । कुनै पनि एलजी प्रोडक्ट खरिद गरी वारन्टी कार्ड नम्बर, प्रोडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फोरम्याटमा ३१००३ मा एसएमएस पठाएर ग्राहकहरूले सहभागिता जनाउन सक्नेछन्। यो अफर सीमित अवधिका लागि मात्र मान्य रहने र नेपालभर लागू हुनेछ । 

एलजीका ब्रान्ड तथा मार्केटिङ म्यानेजर मुकेश कुमार बैठाले यस पहलले दैनिक जीवनलाई अर्थपूर्ण अनुभवमार्फत समृद्ध बनाउने एलजी को विश्वासलाई प्रतिबिम्बित गर्ने बताए। 

यो क्याम्पेन नेपालमा एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सञ्चालन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad