कारोबार


कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यलमशीलता सुदृढीकरण गर्ने सम्झौता

कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यलमशीलता सुदृढीकरण गर्ने सम्झौता

नेपालखबर
पुस ३, २०८२ बिहिबार १७:२९, काठमाडौँ

कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ।

यस सहकार्यअन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्नेछन्।

दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने, ‘यस सहकार्यमार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न निरन्तर प्रयत्नशील रहनेछ।’ 

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ्ग इकाइहरु तथा ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad