कारोबार


माइडियाले सुरु गर्‍यो विश्वकपलक्षित महाअभियान, विजेतालाई के?

माइडियाले सुरु गर्‍यो विश्वकपलक्षित महाअभियान, विजेतालाई के?

नेपालखबर
पुस ६, २०८२ आइतबार १५:०, काठमाडौँ

स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। 

'खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्' अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। 

यो पहलले माइडियाको नवीनतम स्मार्ट उपकरणहरूसँग नेपाली क्रिकेटप्रतिको अटुट लगावलाई संयोजन गर्दै ग्राहकहरूलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको छ।

अभियान विजेताले आफ्नो सहभागीसहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसीसी टि-२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ। 

अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले  माइडिया स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। यस अभियानमा माइडियाको विश्वस्तरीय गुणस्तरका विविध उत्पादनहरू समावेश छन्: रेफ्रिजरेटर, वाशिंग मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु उपकरणहरू।

माइडिया विश्वव्यापी रूपमा मान्यता प्राप्त स्मार्ट घरेलु उपकरण ब्रान्ड हो, जसले नवीनतम प्रविधि र ऊर्जा दक्षतासँगै उत्कृष्ट गुणस्तरका उपकरणहरू बजारमा ल्याउँदै आएको छ। सिजी इलेक्ट्रोनिक्स नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र घरेलु उपकरण वितरक संस्था हो, जसले विश्वस्तरीय ब्रान्डहरू नेपाली उपभोक्ताको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नियम र शर्तहरू लागू हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad