चाउचाउ, स्नयाक्स र अन्य खाद्य प्रोडक्ट उत्पादन गर्दै आएको क्वालिटी थाई फुड्स प्रालिको सञ्चालन आय बढेको छ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सन् २०२४ को तुलनामा २०२५ मा (गत असारसम्म) कम्पनीको सञ्चालन आम्दानी बढेको देखिएको हो।
सन् २०१० अगस्ट ८ देखि सुरु भएको कम्पनीले सन् २०२४ मा ५९ करोड ७० लाख सञ्चालन आम्दानी गरेको थियो। तर यस वर्ष कम्पनीको उक्त आम्दानी बढेर ७० करोड नाघेको हो।
कम्पनीको दायित्वअघिको नाफा मार्जिन दर १३.४५ प्रतिशत छ। क्वालिटी थाई फुड्सले १२३ ब्रान्ड नामअन्तर्गत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ। यसको मोरङस्थित विराटनगरमा उत्पादन कारखाना छ। कम्पनीको वार्षिक क्षमता २५ हजार ५ सय मेट्रिक टन रहेको छ।
कम्पनीले ताजा जुस, इनर्जी ड्रिंक र अन्य उत्पादन गर्दै आएको छ। यो काब्रा ग्रुपको फ्ल्यागसिप बिजनेस रहेको छ। काब्रा ग्रुपले नेपालमा २७ वर्षदेखि बिस्कुट, कन्फेक्सनरी, प्याकेजिङ खाद्य सामान उत्पादन गर्छ। यसका प्रमुख घनश्याम काब्रा हुन् भने निर्देशक बिपिन काब्रा छन्। ट्रेडिङ व्यवसायमा दुवै अनुभवी व्यवसायी हुन्।
Shares

प्रतिक्रिया