कारोबार


बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान

नेपालखबर
पुस ७, २०८२ सोमबार १४:३१, काठमाडौँ

प्रिमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा एक विशिष्ट ग्राहक अभियानको सुरुवात गरेको छ। 

डिजाइन्ड फर होम. क्राउन्ड विद क्रिकेट शीर्षकको यस अभियानले बेकोको विश्वस्तरीय गुणस्तर र डिजाइनलाई नेपालीहरूको क्रिकेटप्रतिको अगाध लगावसँग जोड्दै एउटा अद्वितीय र अनुपम अनुभवको प्रस्ताव गरेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार अभियानको मुख्य आकर्षण आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालको खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने र पाँच दिने मुम्बई यात्राको सुनौलो अवसर रहेको छ। बेकोले आफ्नो युरोपेली सुन्दरता र दक्षतालाई नेपाली जीवनशैलीसँग एकिकृत गर्दै यो प्रीमियम अवसर प्रस्तुत गरेको छ।

भाग्यशाली विजेतालाई मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज प्रदान गरिनेछ। यस यात्राको सबैभन्दा उत्कृष्ट क्षण वानखेडे स्टेडियममा विश्वकपको रोमाञ्चकारी माहोलमा नेपाली टिमको प्रदर्शन हेर्ने अवसर हो।  यस अभियानमा सहभागी हुन बेकोको कुनै पनि उत्पादन खरिद गरेपछि बेको स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ। 

खरिदसँगै प्रिमियम उपहार प्राप्त गर्न सकिनेछ। अभियान अवधिमा बेको उत्पादन खरिद गर्दा ग्राहकहरूले विशेष उपहारस्वरुप बेको वाशिङ मेसिनमा ३ केजी एरियल म्याटिक डिटर्जेन्ट निःशुल्क र बेको एयर कन्डिसनर खरिदमा निःशुल्क स्थापना सेवा पाउनेछन्। 

नेपालमा बेकोका सम्पूर्ण प्रिमियम उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत मात्र उपलब्ध छन्। यसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर, विश्वसनीय सेवा र सम्पूर्ण वारेन्टी सुरक्षाको ग्यारेन्टी दिन्छ। यो विशेष अभियान सीमित अवधिका लागि मात्र सञ्चालनमा रहनेछ। सबै नियम र शर्तहरू लागू हुनेछन्।

बेको युरोपको घरेलु उपकरण ब्रान्ड हो, जसले उन्नत प्रविधि, ऊर्जा दक्षता र सुरुचिपूर्ण डिजाइनलाई संयोजन गर्दै आधुनिक घरका लागि उत्कृष्ट समाधानहरू प्रस्तुत गर्दने कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad