सीजी ब्रान्डले गत तिहारमा आयोजना गरेको तिहार रंगोली फोटो सेयर एन्ड विन कन्टेस्टकी विजेता स्वयम्भूकी सोयशा श्रेष्ठलाई उपहार प्रदान गरिएको छ।
उनले सीजी मेरिडिया साउन्ड बार जितेकी हुन्। सीजी मेरिडिया साउन्ड बार जित्न पाउँदा खुसी लागेको भन्दै उनले सीजी टिमप्रति आभार व्यक्त गरिन्।
यो प्रतियोगिताले तिहारको उल्लास र घर-आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए।
विजेतालाई उक्त उपहार सीजी ब्रान्डका प्रतिनिधि भरत प्रसाद साहले हस्तान्तरण गरेका थिए। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा सीजीको उपस्थिति छ। देशभर यसका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरू छन्।

प्रतिक्रिया