कारोबार


केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

नेपालखबर
माघ ८, २०८२ बिहिबार १६:१०, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजना अन्तर्गत अत्तरियाकी लक्ष्मी भट्टराई सौभाग्यशाली विजेता घोषित भएकी छिन्।

उक्त योजनाअनुसार केन्ट आरओ प्युरिफायर खरिद गर्ने उपभोक्तामध्ये लक्की ड्रमार्फत छनोट भएकी लक्ष्मी भट्टराईले ४ रात ५ दिनको मुम्बई यात्रासहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गरेकी हुन्।

केन्ट ब्रान्डले आफ्ना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्दै समय–समयमा यस्ता आकर्षक योजना ल्याउँदै आएको र यस योजनाले उपभोक्ताहरूलाई शुद्ध पानीसँगै अविस्मरणीय अनुभव प्रदान गरेको बताएको छ।

केन्ट आरओ प्युरिफायर आफ्नो अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताको लागि विश्वभर परिचित ब्रान्ड हो।

नेपालमा सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध केन्ट आरओ प्युरीफायरले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

केन्टले आगामी दिनहरूमा पनि उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने यस्ता नविन योजना र अभियानहरू निरन्तर रूपमा ल्याउने प्रतिबद्धता जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad