इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत अर्को विजेता सार्वजनिक गरेको छ।
विश्वकप भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुँदै छ। कम्पनीका अनुसार यस चरणको विजेता प्रीति ओली छन्। उनले गौरव सप्लायर्स, तुलसीपुरबाट टीसीएल वासिङ मेसिन खरिद गरी “नेपालको शान, मुम्बईको मैदान” अभियानमा सहभागिता जनाएकी थिइन्।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन्। उनको यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्नेछ।
टीसीएल नेपालका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार, एयर कन्डिसनर खरिदमा फ्रि इन्स्टलेसन तथा ४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा नेट टिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन सुविधा प्रदान गरिएको छ। साथै, नागरिताको आधारमा ईएमआई सुविधा र एक्सचेन्ज अफर पनि लागू गरिएको छ।
योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ।
Shares

प्रतिक्रिया