कारोबार


४ हजार विद्यार्थीलाई वित्तीय साक्षरता दिएर एनआईसी एसियाले मनायो ग्लोबल मनी विक

४ हजार विद्यार्थीलाई वित्तीय साक्षरता दिएर एनआईसी एसियाले मनायो ग्लोबल मनी विक

नेपालखबर
चैत ११, २०८२ बुधबार १६:२, काठमाडौँ

एनआईसी एसिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गरेको छ।

देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको हो।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका विद्यालय तथा कलेजहरुमा विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराइएको थियो।

उनीहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरेका छन्। यस अभियान अन्तर्गत हप्ताभर सञ्चालन गरेका ६७ भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन्।

साथै, बैंकले नेपाल राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरु निर्माण गरी बैंकको सामाजिक सञ्जालहरुमा समेत प्रकाशन गरेको थियो।

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा थप सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad