कारोबार


एनआईसी एसिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

एनआईसी एसिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

नेपालखबर
चैत १७, २०८२ मंगलबार १३:११, काठमाडौँ

एनआईसी एसिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

लोपोन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरुमार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको हो।

‘नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ नेपाली लोक बाजा संग्रहालयको समेत सहयोगमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो’, बैंकले भनेको छ।

बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजाहरु र बजाउने शैलीसहितका तस्बिरहरु भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ। 

नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरु हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन्। यस कार्यले यिनीहरुको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।   

साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ। 

ग्राहक तथा सरोकारवालाहरुले बैंकको वेबसाइटमार्फत भित्ते तथा टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad