कारोबार


बजारमा सीजीका ४४ मोडलका रेफ्रिजेरेटर

बजारमा सीजीका ४४ मोडलका रेफ्रिजेरेटर

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १३:१२, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजेरेटरहरू बजारमा उपलब्ध गराइरहेको छ।

धेरैथरि विशेषता भएका ती रेफ्रिजेरेटरहरूलाई ग्राहकले रुचाएको कम्पनीले जनाएको छ। 

तीमध्ये खानेकुरा खेर जानबाट रोक्ने  एउटा महत्त्वपूर्ण विशेषता हो। कम्पनीका अनुसार गर्मीमा खानेकुरा छिट्टै बिग्रिएर फाल्नुपर्दाको पीडा सीजीले बुझेको छ। यसमा भएको 'मल्टी-एयर फ्लो' र 'फास्ट कुलिङ' प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जीवित राख्छ।

त्यसैगरी बिजुलीको बिलको चिन्ता समेत गर्नु नपर्ने कम्पनीको दाबी ५। फ्रिज चलाउँदा बिजुलीको बिल धेरै आउँछ कि भन्ने डरलाई यसमा रहेको 'स्मार्ट इन्भर्टर प्रविधि'ले हटाइदिएको सीजीले उल्लेख गरेको छ। यसले आवश्यकताअनुसार मात्र कुलिङ गरी भारी ऊर्जा बचत गर्छ।

हरेक परिवार र बजेटका लागि यी रेफ्रिजेरेटर फिट हुन्छन्। कोठा भाडामा लिएर बस्ने विद्यार्थीदेखि ठूला संयुक्त परिवारसम्म, सबैको आवश्यकता र बजेटलाई सुहाउने ४४ वटा विकल्पहरू सीजीसँग मात्र रहेको दाबी गरिएको छ।

४४ मोडलमा ग्राहकले आफ्ना भान्साअनुसारका विकल्प पाउँछन्। 

कुन मोडल कस्ता?
सानो परिवार वा सीमित स्पेसका लागि (सिंगल डोर - ३३ मोडल):

विद्युत् खपत एकदमै कम गर्ने, सानो भान्सामा पनि चिटिक्क मिल्ने र छिट्टै बरफ जम्ने ६० लिटरदेखि २३० लिटरसम्मका ३३ वटा मोडलहरू।

मध्यम र संयुक्त परिवारका लागि (डबल डोर - ९ मोडल):
हप्ताभरिको तरकारी र फलफूल एकैपटक राख्न मिल्ने प्रशस्त स्पेससहितका २२० लिटरदेखि ३५० लिटरसम्मका ९ वटा 'फ्रस्ट-फ्री' मोडलहरू।

लक्जरी र प्रिमियम अनुभवका लागि (२ विशेष मोडल):
मोड्युलर भान्साको सौन्दर्य बढाउन र विशाल भण्डारणका लागि कम्पनीले ५२० लिटरको 'मल्टी-डोर' (सीजीएमएमडी५४०एमजीआई) र ५५० लिटरको 'साइड-बाइ-साइड' (सीजीएमएसबीएस५६०पी५) रेफ्रिजरेटर उपलब्ध गराएको छ।

यी सबै रेफ्रिजरेटरहरू देशभर रहेका २१ वटा अत्याधुनिक 'सीजी डिजिटल' शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइनमार्फत सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad