कारोबार


प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्रान्ड ‘एट पिक्स’ सार्वजनिक

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्रान्ड ‘एट पिक्स’ सार्वजनिक

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १७:४३, काठमाडौँ

डिस्टिलरी कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड बजारमा ल्याएको छ। 

द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियनजस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी छ।

समुद्री सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौधवटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । यही ८ हिमालका शिखरहरूमा हजारौँ वर्षको इतिहास बोकेर बसेका कोमल हिउँ जब पग्लिन्छ, बग्छ, र पुनः हिमतालमा जम्छ अनि वर्षौंसम्म हिमाली चट्टानभित्र छानिएर जलधाराको रुपमा झर्ना बनेर बग्छ, तब प्रकृति स्वयंले तयार गरिदिएको सबैभन्दा शुद्ध र कञ्चन उपहारबाट बन्छ ८ पिक्स।

हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको ८ पिक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्राक्सनल डिस्टिलेसनलाई आणविक स्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेसनसँग संयोजन गरी तयार गरिएको छ।

यसले कडा कन्जेनरहरू र अशुद्धताहरू सक्रिय रूपमा हटाउँछ । यसको परिणामस्वरूप वैज्ञानिक रूपमा परिष्कृत, रासायनिक रूपमा शुद्ध कउष्चष्त तयार हुन्छ, जसले असाधारण स्तरको मृदुता र स्पष्टता प्रदान गर्छ र ग्राहकहरुलाई प्रकृतिको शुद्ध स्वाद पस्कन्छ। यो स्वदेशी उत्पादनका हरेक थोपामा राष्ट्रको कथा बोकेको छ।

राष्ट्रिय गौरवको सम्मानमा समर्पित यो उत्पादनले स्वच्छ तरललाई हिमाली तालजस्तो पारदर्शी सिसाको बोतलमा आकाशजस्तै निलो लेबल सहित प्रस्तुत गरेको छ । देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पीक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिश पहिचान पनि झल्काउने कम्पनीको दाबी छ।

देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीहरुको मन जित्न सफल भएको छ, जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।

८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ । यो ७५० एमएल, ३७५ एमएल, र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad